जर्मनको म्युनिखमा नेपाली सांस्कृतिक कार्यक्रम

सहयात्रा टिभी

काठमाडौं । भाद्र १८, जर्मनको म्युनिखमा नेपाली लोक गायक/गायिकाले प्रवासीहरूलाई नेपाली गीत संगीतको आनन्द दिएका छन् ।

पार्बती जिसि, चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीले प्रवासीहरूले नेपाली गीतसंगीतको आनन्द दिएका हुन् । कार्यक्रममा बिजिता अर्याल लगायतका स्थानीय कलाकारहरुले नेपाली पोसाकमा सजिएर कलाकारले नृत्य समेत गरेका थिए ।

कोभिड लकडाउनले गर्दा नेपाली कला संस्कृति र संगीत क्षेत्र ओझेल परेको थियो । आज निकै समयपछि हिमालयन परिवारले गरेको कार्यक्रमले प्रवासी नेपालीहरू उत्साहित र खुसी भएका थिए ।

नेपालीका यस्ता कार्यक्रमले आफूहरूलाई सधैंभरि उत्साहित बनाएको समाजसेवि बासु अर्यालले बताए । हिमालयन परिवारका अध्यक्ष सुमन श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रकाशित : 3 September, 2022

प्रतिक्रिया दिनुहोस्