एशिया कप सुपर फोरमा अफगानिस्तान र श्रीलंका भिड्दै

सहयात्रा टिभी

एजेन्सि । भदाै १८, युएईमा जारी प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार आज राति पौने ८ बजे अफगानिस्तान श्रीलंकाबीच पहिलो खेल हुने छ । समूह चरणमा अफगानिस्तान अपराजित रहँदै सुपर फोरमा पुग्दा श्रीलंका त्यही अफगानिस्तानसँग पराजित भएको थियो ।

सुपर फोरमा भारत र पाकिस्तान पनि पुगेका छन् । समूह चरणबाट बंगलादेश र हङकङ बाहिरिएका हुन् । सुपर फोरमा एकले अर्को टिमसँग खेल्ने छन् । शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने सेड्युल रहेको छ ।

अफगानिस्तान समूह चरणकै नतिजा आत्मसाथ गर्ने पक्षमा रहँदा श्रीलंका पनि पराजयको बदला लिएर अघि बढ्ने योजनामा रहने छ । समूह चरणमा श्रीलंकालाई १०५ रनमा समेटेको अफगानिस्तानले जवाफमा १०.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

प्रकाशित : 3 September, 2022

प्रतिक्रिया दिनुहोस्