मोटरसाइकलबाट खसेर एक को मृत्यु

सहयात्रा टिभी

कपिलवस्तु । भदौ १९, कपिलवस्तुको बिजयनगर गाँउपालिका–७ जुगनियामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराती मोटरसाइकलमा पछाडी सवार काठमाडौँ घर भई हाल कृष्णनगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय राम सेवन थारुको मृत्यु भएको हो ।

भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका थारु हिजो बेलुकी ७ बजे अचानक खसेका थिए । मोटरसाइकलबाट खसेर घाइते भएका थारुको उपचारको क्रममा बहादुरगन्ज स्थित शिवराज अस्पतालमा बेलुकी पौने ८ बजे मृत्यु भएको हो । चालकलाई ईलाका प्रहरी कार्यालय गणेशपुरले नियन्त्रणमा लिइ थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 4 September, 2022

प्रतिक्रिया दिनुहोस्