महाअभियोग समितिको बैठक ६ दिन पर सारियो

सहयात्रा टिभी

काठमाडौँ । भदाै १९, महाअभियोग सिफारिस समितिको बैठक २५ भदौमा बस्ने भएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो। आजको बैठक एक घन्टा बसेको थियो । एक घन्टामा पाँच प्रश्न सोधिएको थियो।

निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन कोइरालाबारे प्रश्न सोधेका थिए ।

प्रकाशित : 4 September, 2022

प्रतिक्रिया दिनुहोस्