बझाङमा कांग्रेसको १९ जनालाई उम्मेदवार सिफारिस

सहयात्रा टिभी

बझाङ । भदाै २०, आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस बझाङबाट १९ जना सिफारिस भएका छन् ।

प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ११ जना गरी १९ जनाको नाम सिफारिस गरिएको हो । अर्जुनबहादुर सिंह, सुरेश मल्ल, चन्द्रादेवी जोशी, दलबहादुर विष्ट, प्रकाश रसाइली स्नेही, पृथ्वीबहादुर सिंह, सत्यराज भण्डारी र रमेशबहादुर भण्डारी प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

यस्तै समानुपातिकतर्फ केशवराज जोशी, नन्दकृष्ण जोशी, जगतप्रसाद जोशी, दिपेन्द्रराज जोशी, नरेशबहादुर सिंह, मोतीलाल उपाध्याय, सत्यराज भण्डारी र सिद्धराज जोशी सिफारिस भएका छन् । यस्तै देवीकुमारी सेटी, विवसचन्द्र स्नेही र शारदादेवी तामाङ पनि सिफारिस भएका छन् ।

प्रकाशित : 5 September, 2022

प्रतिक्रिया दिनुहोस्