खप्तड लघुवित्तको आईपीओ बाँडफाँट

सहयात्रा टिभी

काठमाडाै ।  भदाै २०, खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । भदौ ८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुलेको कम्पनीको आईपीओ आज सोमबार बाँडफाँट भएको हो ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओमा १८ लाख ८३ हजार ११८ जनाको आवेदन परेको थियो । जसमध्ये १ लाख ४४ जनाको आवेदन अयोग्य बनेको क्यापिटलले जनाएको छ ।

१७ लाख ८३ हजार ७४ योग्य आवेदनमध्येबाट १२ हजार ३४० जनाले कम्पनीको सेयर पाएका छन् । उनीहरूले प्रतिव्यक्ति १० कित्ताका दरले खप्तड लघुवित्तको सेयर पाएका हुन् । कम्पनीले भदौ ८ देखि १२ गतेसम्म १ लाख ३२ हजार कित्ता सेयर बिक्री खुलाएको थियो । जसमा २ हजार कित्ता कर्मचारीका लागि र ६ हजार ६०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

प्रकाशित : 5 September, 2022

प्रतिक्रिया दिनुहोस्