एक दिनमा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि

सहयात्रा टिभी

काठमाडौं । भदौ २०, पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै देशभरमा सक्रिय संक्रमित २ हजार ४४४ जना रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । र १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : 5 September, 2022

प्रतिक्रिया दिनुहोस्