बैंकले उच्च जोखिममा पनि घरजग्गामा कर्जा लगानी गर्ने प्रक्रिया शुरु

सहयात्रा टिभी

काठमाडौं । भदौ २०, सम्पत्ति शुद्धीकरण विभागको विश्लेषण अनुसार नेपालमा सम्पत्ति शुद्धीकरण हुने उच्च जोखिम भएको क्षेत्रमा रियलस्टेट छ । बैंकले  अव घरजग्गामा कर्जा लगानीगर्ने प्रक्रिया शुरु गरेको जनाएको छ । बैंकिङ कर्जा लगानी भने अन्य क्षेत्रमा भन्दा रियल स्टेटमै उच्च छ ।

लगानीयोग्य स्रोतमा संकुचन हुँदा पनि गत आर्थिक वर्षमा व्यावसायिक घरजग्गा कारोबारमा बैंकहरुले दिने ऋणमा२४ प्रतिशतभन्दाधेरै वृद्धिभयो ।  नेपाल राष्ट्र बैंकले गत आवमा जग्गा प्लटिङसम्बन्धी रियलस्टेट कर्जा निरत्साहन गर्न त्यस्तो कर्जाको जोखिमभार बढाउने निर्णय गरेको थियो ।

२०७९ असारबाट लागू हुनेगरी यस्तो कर्जाको जोखिमभार १०० प्रतिशतबाट बढेर १५० प्रतिशत पुगिसकेको छ ।सम्पत्ति शुद्धीकरण विभागको विश्लेषण अनुसार नेपालमा सम्पत्ति शुद्धीकरण हुने उच्च जोखिम भएको क्षेत्रमा रियलस्टेट छ । बैंकिङ कर्जा लगानी भने अन्य क्षेत्रमा भन्दा रियल स्टेटमै उच्च छ ।

यसरी ‘ग्रे लिस्ट’मा पर्ने जोखिमबढेसँगै सम्पत्ति शुद्धीकरणको मामिलामा विश्वभरका मुलुकलाई निगरानी गर्ने फाइनान्सियल एक्टटास्कफोर्स (एफएटीएफ) र यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूह (एपीजी)ले सम्पत्ति शुद्धीकरणबारे नेपालको अडिट र मूल्यांकन गर्न थालेको छ । नेपाल सरकारले पनि एक साथ १८ ऐन संशोधन प्रक्रिया थालेको छ ।

प्रकाशित : 5 September, 2022

प्रतिक्रिया दिनुहोस्