प्रतिनिधि सभा सदस्यको गणपूरक संख्यामा कमिका कारण बैठक स्थगित 

सहयात्रा टिभी

काठमाडौं । भदौ २१, गणपूरक संख्यामा कमिका कारण बैठक  स्थगित भएको जनाएको छ । बैठकमा गणपूरक संख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि राखेको संशोधन प्रस्ताव पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए ।

उनको माग अनुसार बैठकमा गणना गर्दा ५८ जना मात्र उपस्थित थिए । गणपूरक संख्या पुग्नका लागि प्रतिनिधि सभा सदस्यको एक चौथाई अर्थात ६९ जना उपस्थित हुनु पर्ने थियो ।

 

प्रकाशित : 6 September, 2022

प्रतिक्रिया दिनुहोस्