राष्ट्रियसभामा रिक्त चार समितिले आज सभापति पाउने

सहयात्रा टिभी

काठमाडौं । भदाै २३, राष्ट्रिय सभाका रिक्त रहेका चार वटा विषयगत समितिले आज सभापति पाउने भएका छन् । चार वटा समितिको सभापतिमा चारै जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचित हुनेछन् ।

आज दिउँसो १ बजे बस्ने समितिको बैठकमा प्रस्तावकले प्रस्तुत र समर्थकले समर्थन गरेसँगै सभापति चुनिनेछन् । दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती) को उम्मेदवारी परेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रकाशित : 8 September, 2022

प्रतिक्रिया दिनुहोस्