सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौँ । भदाै २३, सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ ।

फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानेल सलमोन नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहीबार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो ।

भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गरेका छन् । उनले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिए ।

प्रकाशित : 8 September, 2022

प्रतिक्रिया दिनुहोस्