सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । भदाै २४, नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन ९३ हजार रुपैयाँ आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढ्दै ९३ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्यसमेत आज तोलामा एक सय रुपैयाँले बढ्दै ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै एक हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 9 September, 2022

प्रतिक्रिया दिनुहोस्