एमाले र लोसपाको तालमेल प्रयासमा ओली महन्थ बीच छलफल
सहयात्रा टिभी
काठमाडौं । भदौ २४, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् । उनीहरुको बीचमा एमाले र लोसपा तालमेलबारे कुरा भएको एमालेका एक उच्च नेताले पुष्टि गरे ।
मधेसमा लोसपाका मुख्य क्षेत्रीय प्रतिद्वन्द्वी जसपा हालको सत्ता गठबन्धनसँग चुनावी तालमेल टुंगो लगाउने अन्तिम विन्दूमा छ । पार्टी अध्यक्ष उपेन्द्र यादव आफैं सिट बाँडफाट निष्कर्षमा पुर्याउन सक्रिय रहे पनि लोसपाले समयमा निर्णय नलिएको भन्दै दोस्रो तहका नेताहरुले ठाकुरलाई दबाव बढाएका छन् ।
ती नेताका अनुसार मधेस प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये करिब १८ वटा लिनेगरी एमालेसँग सहमति बन्न सक्छ । अनौपचारिक छलफल सकारात्मक मोडमा रहेको दुवै पक्षका नेताहरु बताउँछन् ।