डोटीमा दुर्घटनामा परि १ को मृत्यु

डोटी । भदाै २५, डोटीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ जोरायल गाउँपालिका–१ मणिपुरका ३४ वर्षीय भूपेन्द्र मल्लको मृत्यु प्रहरीले जनाएको छ ।
मणिपुर सडक खण्डमा सुप प्र ०१-०११ प ३५४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मल्लको मृत्यु भएको हो । उनी बजारबाट पसलको सामान लिएर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए ।