यूएस ओपन : महिला एकलको उपाधि स्वाइटेकले जितिन्

काठमाडौं । भदाै २६, यूएस ओपन टेनिसको महिला तर्फको एकल उपाधि पोल्याण्डकी इगा स्वाइटेकले जितेकी छन् ।
२१ वर्षीया किशोरी इगाले ट्युनिशियाकी २८ वर्षीया ओन्स जबेयरलाई ६–२, ७–६(५) ले पराजित गरिन् ।
इगाको यो दोस्रो ग्रान्सलाम हो । इगाले एकै सिजनमा दुई उपाधि जितेकी हुन् । यसअघि उनले सन् २०१६ मा अष्ट्रेलियन ओपन टेनिसको उपाधि हात पारेकी थिइन् । इगा एकै सिजनमा दुई ग्रान्डस्लाम जित्ने पहिलो महिला पनि बनेकी छन् ।