बुटवलमा तीन दिनदेखि तीन विद्यार्थी बेपत्ता

सहयात्रा टिभी

काठमाडौं । भदाै २६, बुटवलमा शुक्रबारदेखि हराईरहेका तीन विद्यार्थीको अवस्था अझै अज्ञात रहेको छ ।

शुक्रबार बिहान विद्यालय गएका बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका तीन जना किशोरको अवस्था पत्ता लाग्न नसकेको हो । 0हराईरहेका विद्यार्थीहरुमा १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी रहेका छन् ।

नविन औद्योगिक माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने १ जना विद्याालय जान भनेर सँगै घरबाट निस्केको बताइएको छ । तर, उक्त दिन उनीहरु विद्यालयमा हाजिर पनि नभएको विद्यालयले बताएका छन् ।

बेपत्ता मध्येका समीर लम्सालले शनिबार दिउँसो आफूहरुलाई अचेत बनाएर अज्ञात स्थलमा लगेर राखिएको भन्दै मेसेज पठाएको बताइएका थिए । प्रहरीले भने आज आइतबार तीनै जना विद्यार्थीका परिवारलाई राखेर विस्तृत अनुसन्धान गर्ने बताएको छ ।

प्रकाशित : 11 September, 2022

प्रतिक्रिया दिनुहोस्