नेपाल भुटानसँगको खेलमा २-० ले पराजित

काठमाडौ । भदौ २६, बहराइनमा चलिरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको खेलमा नेपाल शनिवार राती भुटानसँग २-० ले पराजित भयो ।
अघिल्लो महिना भारतमा भएको साफ यू-१९ च्याम्पियनसिपमा सहभागिता नजनाएको भुटानले यू-२० एसियन कप छनोटमा भने नेपाललाई हराएर सानदार सुरुवात गर्यो । भुटानले दुवै गोल काउन्टर हट्याकमा गरेको थियो ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा भुटानले दुवै हाफमा नेपाल विरुद्ध गोल गरेको थियो । भुटानका लागि सोनाम छोझाङले ३३औं र कर्मा टासी जाम्त्सोले ४७औं मिनेटमा गोल गरे ।
यस्तै बहराइनसँग बिहिबार र बंगलादेशसँग आउने आइतबार खेल्नेछ । प्रशिक्षक केसीले अब हुने खेलमा कस्तो प्रदर्शन गर्ने भन्ने विषय खेलाडीको रिकभरीमा भर पर्ने बताए । ‘अब दुई रात रेस्ट छ । दुई दिनपछि बेलुका खेल छ । अब खेलाडीहरु कति रिकभर हुन्छन् त्यसमा भर पर्छ ।’