मन्त्रिपरिषद भित्रै निजामती कर्मचारी धर्नामा, ५ जना कर्मचारी पक्राउ

सहयात्रा टिभी

काठमाडौ । भदौ २६, गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भइसकेको भए पनि प्रदेश सरकारले अध्यादेशमार्फत निजमती ऐन ल्याउने तयारी गरिरहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हाताभित्रै पम्लेट लिएर धर्ना बसिरहेका कर्मचारीले विरोध ब्यानरसहित नाराबाजी गर्न थालेपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।  प्रदेश सरकारमा समायोजन भएर आएका कर्मचारीले ९ वर्षसम्म पनि बढुवा हुन नपाएको भन्दै प्रदेशले अध्यादेशमार्फत भए पनि ऐन ल्याएर बढुवाको बाटो खुला गर्न लागेको हो ।

निषेधित क्षेत्रमा कालो ब्यानर निकालेर नाराबाजी गर्न लागेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशले अध्यादेशमार्फत ल्याउन लागेको निजामति ऐनले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै गण्डकीका स्थानीय तहका कर्मचारीले आन्दोलन गरिरहेका छन् ।

स्थानीय तहका कर्मचारीले भने प्रदेशले ल्याउन लागेको निजामति ऐनले बढुवाका लागि प्रतिस्पर्धा गर्नबाटै रोक लगाउन लागेको भन्दै पछिल्लो महिनादेखि नै आन्दोलन गर्दै आएका छन् । स्थानीय तहका कर्मचारीलाई विभेद गर्ने र वृत्ति विकासमा निस्तेज पार्ने गरी प्रदेशले ऐन ल्याउन लागेको भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उनीहरुले धर्ना तथा विरोध गरेका छन् ।

 

 

प्रकाशित : 11 September, 2022

प्रतिक्रिया दिनुहोस्