च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

सहयात्रा टिभी

दाङ । भदौ २७, जिल्लाकाे तुलसीपुरमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी भएका छन् ।


प्रहरीका अनुसार गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ वर्षकी वसन्ता चौधरी, १६ वर्षकी कोपिला चौधरी, १२ वर्षकी प्रभा चौधरी र ५५ वर्षका माघे चौधरी बिरामी परेका हुन ।

च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेपछि उनीहरुलाई अस्पताल लगिएको थियो । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको छ ।

 

प्रकाशित : 12 September, 2022

प्रतिक्रिया दिनुहोस्