बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

सहयात्रा टिभी

काठमाडौं । भदाै २७, सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटमा सहमतिको प्रयास गर्ने नेताहरूले बताएका छन् ।

बैठक आज बिहान ८ बजे बस्ने भनिएपनि ढिलो गरी सुरु भएको हो । आजको बैठकमा पनि सत्तारुढ दलहरुबीच आगामी प्रदेश र प्रतिनिधि सभाको सिट बाँडफाँटको बारेमा छलफल हुनेछ ।

गठबन्धन दलहरुबीच लामो समयदेखि सिट बाँडफाँटको समाधान हुन सकेको छैन । दलहरुले आफ्नो आफ्नो दाबी नछोड्दा सिट बाँडफाँटमा सकस भएको हो । आइतवार बसेको बैठकले कार्यदलले बुझाएको प्रतिवेदनका बारेमा छलफल गरेको थियो ।

यसअघि ११ सदस्यीय कार्यदलले प्रतिनिधि सभा सदस्यका १६५ सिटमध्ये ९० सिटमा मात्रै सहमति जुटेको जनाएको थियो । कार्यदलले सहमति जुटेका र जुट्न बाँकी विषयलाई समेत समेटेर शीर्ष नेतालाई सुझाव दिएको छ ।

आगामी असोज २ गते समानुपातिक तर्फको मनोनयन गर्ने दिन नजिकिदै गर्दा सत्तारुढ दललाई सिट बाँडफाँट गर्न सकस परिरहेको छ ।

प्रकाशित : 12 September, 2022

प्रतिक्रिया दिनुहोस्