ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सहयात्रा टिभी

जनकपुर । भदाै २७, सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हरिवन नगरपालिका वडा नम्बर- ९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सोमबार बिहान ४ बजेको समयमा हरिवन १० नयाँरोड चोकस्थित पूर्व-पश्चिम लोकमार्गमा मिर्चैयाबाट हेटौँडातर्फ जाँदै गरेको ना ८ ख ८२६७ नम्बरको गहुँलोड भएको ट्रकले पैदलयात्री ठक्कर दिएको थियो ।

रायमाझीको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । यता ठक्कर दिने ट्रक र ट्रकचालक सिरहाको मिर्चैया नगरपालिका-९ का ३७ वर्षीय ललित चौधरी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित : 12 September, 2022

प्रतिक्रिया दिनुहोस्