चाँदी स्थिर, सुनको भाउ तीन सय रुपैयाँले घट्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ २७,  केही दिनयता लगातारजसो बढिरहेको सुनको भाउ आज भने तीन सय रुपैयाँले घटेको जनाएको छ । सुनको भाउ आज तोलामा ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९३ हजार ९ सय रुपैयाँ थियो ।  यस्तै, चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित : 12 September, 2022

प्रतिक्रिया दिनुहोस्