ब्रह्मास्त्रले मच्चायो बक्स अफिसमा हलचल, तोड्यो पुष्पाको रेकर्ड

सहयात्रा टिभी

काठमाडौं । भदाै  २७,    बलिउड स्टार रणवीर कपुर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ले निकै राम्रो प्रदर्शन गरिरहेको छ । नयाँ कीर्तिमान कायम गरेको यो फिल्मलाई पहिलो हप्ता निकै राम्रो रह्यो । रिलिजको पहिलो दिन नै ‘ब्रह्मास्त्र’ले ३६ करोड कमाएर हिन्दीको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ ।

ब्रह्मास्त्रको तेस्रो दिनको कमाईले रणवीर कपुरको पछिल्लो फिल्म सञ्जुलाई पनि पछि पारेको छ । ब्रह्मास्त्रले हिन्दीमा मात्रै होइन, साउथमा पनि राम्रो प्रदर्शन गरिरहेको छ । हिन्दीको कुरा गर्ने हो भने, फिल्मले हप्ताको अन्त्यसम्ममा १०० करोडको आँकडा पार गरिसकेको छ ।

यति मात्र होइन, फिल्मले पहिलो सप्ताहन्तमा अल्लु अर्जुनको फिल्म पुष्पाको रेकर्ड पनि तोडेको छ । पुष्पा द राइज रिलिजपछि अल्लु अर्जुन र पुक्ष्पा सबैको मनमा बसेको थियो । पुष्पाले हिन्दी र साउथ दुबैमा बम्पर कमाइ गरेको थियो । पहिलो सप्ताहन्तमा पुष्पाले ११० करोड कलेक्सन गरेको थियो।

त्यसको झण्डै पाँच महिना पछि भुल भुलैया २ बाहेक अन्य कुनै पनि चलचित्रले पहिलो सप्ताहन्तमा १०० करोडको आँकडा पार गर्न सकेका थिएनन् । रणवीर र आलियाको फिल्मले ११२.५८ करोड कमाएको छ । बलिउडमा हाल बाइकटको ट्रेन्ड चलिरहेको भएपनि ब्रह्मास्त्रको सङ्कलनमा यसको कुनै प्रभाव परेको देखिँदैन । फिल्मका सबै शो हाउसफुल भइरहेका छन् । फिल्मले तीन दिनमै सय करोड क्लबमा प्रवेश गरेर रेकर्ड तोडिसकेको छ ।

प्रकाशित : 12 September, 2022

प्रतिक्रिया दिनुहोस्