बैंकहरुले लिए १६ खर्ब भन्दा बढी तरलता सापटी
काठमाडौं । भदौ २७, बैंकिङ प्रणालीमा तरलता संकुचनको अवस्था आउँदा बैंकहरुले तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकसँगको निर्भरता निरन्तर बढ्दै गएको छ । बैंकहरुले सरकारले जारी गर्ने विकास ऋणपत्र लगायतका राष्ट्र ऋणमा लगानी गर्न राष्ट्र बैंकसँग सापटी सुविधा लिइरहेका छन् ।
आर्थिक वर्षको दुई महिना नसकिंदै बैंक तथा वित्तीय संस्थाले १६ अर्ब भन्दा बढी तरलता सुविधा लिइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।साउनयता २६ भदौ २०७९ सम्म बैंकहरुले कुल १६ खर्ब २४ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ बराबरको तरलता सुविधा बैंकहरुले लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २६ भदौसम्म जसमध्ये १ खर्ब ६७ अर्ब ७८ करोड ७० करोड राष्ट्र बैंकलाई भुक्तानी गर्नुपर्ने बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरुले सापटी लिएर बक्यौत रहेकोमा २० अर्ब रुपैयाँ बराबरको रिपो रहेको छ । केन्द्रीय बैंकले २३ भदौमा १४ दिनको लागि रिपो मार्फत २० अर्ब बजारमा पठाएको थियो । उक्त रिपो परिपक्व हुन बाँकी रहेको छ । यसबाहेक ६९ करोडको ओभरनाइट रिपो र १ खर्ब ४७ अर्ब ९ करोड ७० लाख एसएलएफ सुविधाको रकम बैंकहरुसँग बक्यौता रहेको केन्द्रिय बैंकले जनाएको छ ।