आजको मौसम : यी प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौं । भदौ २८, हाल देशभर सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाले आगामी दिनसम्मै वर्षा हुने जनाएको छ।