७२ लाख नेपाली रूपैयाँ सहित एक व्यवसायी सुनौलीबाट पक्राउ

सहयात्रा टिभी

काठमाडाै । भदाै २८, नेपाल–भारत सीमा सुनौलीमा स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली व्यवसायी पक्राउ परेका छन् ।

सोमबार बिहान करिब १० बजेतिर भारतबाट नेपाल आउँदै गरेका सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारलाई स्रोत नखुलेको नेपाली रूपैयाँ ७२ लाख ८० हजार सहित पक्राउ परेको सुनौली प्रहरी चौकीले जनाएको छ ।

सुनार नेपाल आउँदै गर्दा दशगजा क्षेत्रमा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचका क्रममा पक्राउ परेका हुन् ।

कारमा आउँदै गरेका सुनारको साथबाट बरामद गरिएको ७२ लाख ८० हजार नगद कुन प्रयोजनको लागि ल्याइदै थियो भन्ने खुलेको छैन ।

प्रकाशित : 13 September, 2022

प्रतिक्रिया दिनुहोस्