=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


लमजुङमा दुई महिनामै १० जनामा डेङ्गु संक्रमण

सहयात्रा टिभी

लमजुङ । भदाै २८, लमजुङमा गत वर्षभर देखिएको संख्याभन्दा बढी पछिल्लो २ महिनामै डेङ्गु संक्रमित देखिएका छन् ।

गत वर्ष ८ जना संक्रमित देखिएकामा पछिल्लो २ महिनामै १० जनामा डेङ्गु संक्रमण देखिएको छ । जिल्ला अस्पताल लमजुङमा अहिले २ जना उपचाररत छन् । एक जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६ जना र भदौमा ४ जनामा डेङ्गु संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा ९ जना र एक जना सुन्दरबजार स्थित नमुना सामुदायिक अस्पतालमा परीक्षण गर्दा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए ।

डेङ्गुबाट बेंसीशहर नगरपालिकाका ४ जना, राइनास र सुन्दरबजार नगरपालिकाका २-२ जना साथै दोर्दी र मर्स्याङ्दी गाउँपालिकाका १-१ जनामा डेंगु संक्रमण देखिएको छ । यसमा ७ महिना, १ वर्ष र ५ वर्षका देखि ६० वर्षसम्मका छन् । ५ पुरुष र ५ महिलामा यस वर्ष डेङ्गु संक्रमण देखिएको उनले बताए । जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार ३ सय ७५ जना बिरामीको परीक्षण गरिएकोमा अस्पतालमा ९ जनामा डेङ्गु देखिएको हो ।

प्रकाशित : 13 September, 2022

प्रतिक्रिया दिनुहोस्