कच्चा पदार्थका रुपमा केराउ, सुपारी र कालो मरीचको आयात खुला

सहयात्रा टिभी

काठमाडौं । भदौ २८, सरकारले अघिल्लो आर्थिक वर्षबाटै आयातमा रोक लगाएको केराउ, सुपारी र कालो मरीचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रुपमा ल्याउन सकिने गरी खुला गरेको छ ।

२१ भदौमा प्रकाशित राजपत्रको सूचना सोमबार सार्वजनिक भएको छ । सूचना अनुसार उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरीचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ को प्रक्रिया पूरा गरी यी वस्तु आयात गर्न सकिने भएको छ ।

नेपालमा तेस्रो मुलुकबाट उक्त वस्तुहरु आयात गरी भारततर्फ तस्करी हुने गरेको पाइएपछि सरकारले २४ चैत २०७६ मा राजपत्रमा सूचना प्रकाशित गरी आयात रोकेको थियो ।

 

 

प्रकाशित : 13 September, 2022

प्रतिक्रिया दिनुहोस्