मेयर रमेश नापित र अमेरिकी पूर्वराजदूत डेलेसी श्रीमती डेजा डेलेसी सहित भेट

काठमाडौ । भदौ २८, नेपालका लागि अमेरिकी पूर्व राजदूत स्कट डेलेसी र शंखरापुर नगरपालिकाका मेयर रमेश नापितबीच भेटवार्ता भएको छ । सोमबार शंखरापुर नगरपालिकाको कार्यालयमा श्रीमती डेजा डेलेसी सहित स्कट र मेयर नापितबीच छलफल भएको हो ।
सो भेटमा शंखरापुर नगरपालिकाको योजना, आवश्यकता र प्राथमिकताका विषयमा छलफल भएको शंखरापुर नगरपालिका वडा नंबर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
सो छलफलमा आगामी दिनमा शंखरापुर नगरपालिका होमनेट नेपाल र इन्गेज नेपालको सहकार्यमा विभिन्न कार्यक्रम संचालन गर्ने बिषयमा पनि छलफल भएको छ ।