अस्ट्रेलियामा कंगारुको आक्रमणबाट एक वृद्धको मृत्यु

सहयात्रा टिभी

काठमाडौ । भदौ २८, कंगारुको हमलामा अस्ट्रेलियामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको जनाएको छ । ती व्यक्तिले कंगारुलाई आफूले पाल्दै आएका थिए ।

पहिचान नभएको व्यक्तिलाई आइतबार दिउँसो आफन्तले पश्चिमी अस्ट्रेलियाको थोरै जनसंख्या भएको दक्षिणी सहर रेडमन्डको एउटा घरमा गम्भीर घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । कंगारुले अष्ट्रेलियाली इतिहासमा ८६ वर्षपछि पहिलो पटक आक्रमण गरेको बताइएको छ ।

ती व्यक्तिलाई एक बिहानै कंगारुले आक्रमण गरेको बताइएको छ । उनको घरमा एम्बुलेन्सका कर्मचारी पुग्दा ती व्यक्तिको मृत्यु भइसकेको थियो । प्रहरीले कंगारुलाई गोली हानेर मारिदिएको थियो ।

२ दशमलब २ मिटर अग्लो कंगारुको तौल ७० किलोसम्म हुने गर्छ । अष्ट्रेलियाली सञ्चार माध्यमहरूका अनुसार यसअघि सन् १९३६ मा कंगारुको हमलामा मानिसको मृत्यु भएको थियो ।

 

प्रकाशित : 13 September, 2022

प्रतिक्रिया दिनुहोस्