राजमार्गका जंगल क्षेत्रमा यौन कृयाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौ । भदौ २८,  बारामा राजमार्गका जंगल क्षेत्रमा यौनजन्य क्रियाकलाप हुने गरेको जनगुनासो आएपछि प्रहरीले कारबाही थालेको हो । हालै  ५ जना महिलालाई नियन्त्रणमा लिएको छ । उनीहरु भारतीय नागरिक रहेको जनाएको छ। केही दिनयता प्रहरीले जंगल क्षेत्रमा नियमित गस्ती गरेको जनाएको छ।

तीन दिन अघि प्रहरीले ५ जना महिला सडक छेउमा बसेको देख्यो । घाँस दाउराका लागि जंगल आएका जस्ता लाग्ने उनीहरुले राजमार्गमा गुड्ने ट्रक तथा मोटरसाइकललाई रोक्छन् । केहीबेर चालक र महिलाबीच कुराकानी हुन्छ । कोही छुट्टिन्छन त कोही सँगै जंगलभित्र जान्छन् ।

सीमावर्ती भारतीय राज्य बिहारका विभिन्न जिल्लाबाट आउने महिलाले धेरै वर्षदेखि यस्तो गतिविधि गर्दै आएको दावी प्रहरीको छ । कतिपय महिलाले रक्सौलबाट भन्सार छलेर कपडा ल्याई हेटौंडामा छोड्ने र फर्कदा राजमार्ग क्षेत्रमा बस्ने गरेको पनि पाइएको प्रहरीले जनाएको छ ।

बारा–पर्साका सस्ता होटल र जंगल क्षेत्रमा यौनजन्य गतिविधि हुने गरेको संकेत पाएपछि कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

एक पटकका लागि परामर्श गरेर छोडे पनि पुनः त्यस क्षेत्रमा देखिए महिलाहरु विरुद्ध कानुनी कारबाही गर्ने प्रहरीको भनाइ छ । त्यस्तै सवारी चालकलाई पनि कारबाही अघि बढाउने एसपी बोगटीले बताए ।

 

 

प्रकाशित : 13 September, 2022

प्रतिक्रिया दिनुहोस्