कामपा सल्लाहकारमा श्रेष्ठ

सहयात्रा टिभी

काठमाडौँ । भदौ २९, काठमाडौँ महानगरपालिकाले पूर्वप्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ ।

कामपाले मंगलबारको प्रमुखस्तरीय निर्णयबाट उनलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा काम गरिसकेका श्रेष्ठले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानवअधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद् व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम गरेका छन् ।

यस्तै, भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिएको बताइएको छ । यस्तै, उनले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अरू दर्जन बढी शीर्षकमा तालिम लिएका छन् ।

उत्कृष्ट कार्यसम्पादनबापत उनले नेपाल सरकारले प्रदान गर्ने गोरखा दक्षिण बाहु र संयुक्त राष्ट्रसंघले प्रदान गर्ने पदक पाएका छन् । विशेष सेवा पदकबाट सम्मानित भइसकेका छन् । श्रेष्ठको नियुक्तिसँगै कामपाले महानगरको ट्राफिक व्यवस्थापनका क्षेत्रमा थप सहयोग पुग्ने आशा गरेको छ ।

प्रकाशित : 14 September, 2022

प्रतिक्रिया दिनुहोस्