जबराले नाम लिएका दलका नेताहरुलाई सिफारिस समितिले नबोलाउने

सहयात्रा टिभी

काठमाडौँ । भदौ २९, महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको जानकारी प्राप्त भएको छ ।

 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग एकसरो बयान लिएर सकेको समितिको बैठक आज बिहान बसेको छ । सो बैठकले जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग पनि सोधपुछ गर्ने निर्णय गरेको जनाएको छ ।

समितिका ज्येष्ठ सदस्य राम बहादुर विष्टका अनुसार चोलेन्द्रले बयानको क्रममा नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुलाई समितिमा बोलाउने निर्णय गरेको छ । आज उनीहरुलाई पत्राचार गर्ने निर्णय गरेको विष्टले जानकारी दिए ।

तर राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने समितिका एक जना सदस्य एवम् नेपाली कांग्रेस नेता मिन विश्वकर्माले जानकारी दिए ।

प्रकाशित : 14 September, 2022

प्रतिक्रिया दिनुहोस्