ली चान्सुले भक्तपुरमा ऐतिहासिक सम्पदा अवलोकन गरे

सहयात्रा टिभी

काठमाडौँ । भदौ २९, नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले भक्तपुर भ्रमण गरेका छन् । उनले भक्तपुरका ऐतिहासिक सम्पदाका बारेमा जानकारी लिँदै अवलोकन गरेका थिए ।

आज (बुधबार) बिहान भक्तपुर दरबार स्क्वायर पुगेका उनले अवलोकनमा एक घण्टा बिताए उनले भक्तपुरमा मनाइने जात्राको तस्वीर अभिरुची पूर्वक हेर्दै त्यसबारे चासो राखेका थिए ।

 

 

प्रकाशित : 14 September, 2022

प्रतिक्रिया दिनुहोस्