एसियन कप २० वर्षमुनिको छनोटमा बहराइनसँग नेपालले खेल्दै

काठमाडौँ । भदौ २९, एसियन कप २० वर्षमुनिको छनोटमा नेपालले आज घरेलु टोली बहराइनसँग खेल्दैछ । नेपालले आज तेस्रो खेल खेल्न लागेको हो ।
नेपाल र बहराइनबीचको खेल शेख अलि बिन मोहमद अल खालिफा मैदानमा राति पौने १२ बजे सुरु हुनेछ । नेपालले यसअघि भुटान र कुवेतसँग हारेको थियो ।
पहिलो खेलमा नेपाल भुटानसँग २–० र दोस्रो खेलमा कतारसँग ३–१ गोलले पराजित भएको थियो । छनोटको समूह ‘बी’ मा रहेको नेपाल अङ्कविहीन छ । नेपालले आउँदो आइतवार बङ्गलादेशसँग खेल्नेछ ।