भ्रष्टाचार नगरी पनि राजनीति गर्न सकिन्छ : अध्यक्ष लिङ्देन
सहयात्रा टिभी
काठमाडौं । भदाै २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार नगरी पनि राजनीति गर्न सकिने बताए ।
स्याङजाको सदरमुकाम पुतलीबजारमा बुधबार आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गरे ।
भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले शीर्ष दलहरूले यसको रोकथाम गर्नुपर्ने बताए । अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले करिब दुई दशकभन्दा बढी शासन गरेपनि देश समृद्ध हुन नसकेको बताए ।