देशभर थप ११९ जनामा कोरोना संक्रमण

सहयात्रा टिभी

काठमाडौं । भदाै २९,  देशभर पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ८४ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ९ सय ५५ जनाको पीसीआर र २ हजार १ सय २९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १ सय ३० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार १ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 14 September, 2022

प्रतिक्रिया दिनुहोस्