आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहित हल्का वर्षा

सहयात्रा टिभी

काठमाडौं । भदाै ३०, हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ ।

आज बिहीबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका प्रभावले बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ ।

यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर, लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : 15 September, 2022

प्रतिक्रिया दिनुहोस्