नेपाललाई पराजित गर्दै भारतले जित्यो उपाधि

काठमाडौं । भदौ ३०, भारतले साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ।
श्रीलंकाको कोलम्बोमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४-० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो।
भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे।
खेलको ३९ औं मिनेटमा भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए। त्यसपछि नेपाल १० खेलाडीमा समेटियो।
यस जितसँगै भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ। यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ।
नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो।