माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरा । भदौ ३०, पोखरा महानगरपालिका–३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय शिशुवा कास्कीका अनुसार हिजो साँझ सवा ६ बजे ग १ ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी पोखरा महानगरपालिका–३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । माइक्रो बसका चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।