रात्रि शोमा रोक, हलवाला लाई कर तिर्न र नवीकरण गर्न अल्टिमेटम : भुवन केसी

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, लगातारका दुई निर्णय । निर्णयभन्दा पनि यसले दिन खोजेको सन्देश अर्थपूर्ण छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अप्रत्यक्ष रुपमा विदेशी फिल्मलाई कडाइ गर्ने संकेत दिएका छन् ।

विदेशी फिल्मलाई प्राथमिकतामा राखेको भन्दै आरोप खेपिरहेका फिल्म हललाई १५ दिनभित्र नवीकरण गर्न र कर दाखिला गर्न अल्टिमेटम दिने निर्णय गरेका भुवनले विदेशी फिल्मप्रतिको कडाइ गर्नेअर्को निर्णय गरेका छन् ।

रिलिजको एक साताअघि नै चलचित्र जाँचपासको लागि निवेदन दिनुपर्ने र बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गर्नुपर्ने । राति ११ बजे वा बिहान ६ बजेअघि फिल्म देखाउनुपर्ने भएमा प्रशासनको अनुमति लिनुपर्ने नियम पनि बोर्डले ल्याएको छ । कात्तिक १ गतेदेखि यो नियम लागू हुने जनाइएको छ ।

बोर्डले सेन्सर सिफारिसमा नयाँ नियम ल्याएपछि वितरकलाई राइट खरिदमा दबाब सिर्जना भएको छ । रिलिजको दुई तीनअघि नै मात्र राइट निश्चित हुने गरेकोमा अब वितरकले धेरै पहिलेदेखि नै खरिदको प्रक्रियालाई टुंग्याउनुपर्नेछ ।

 

प्रकाशित : 15 September, 2022

प्रतिक्रिया दिनुहोस्