बयानमा मुछिएका पूर्वन्यायाधीशको उपस्थित नहुदा बैठक ३ बजेलाई सर्‍यो

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठक ३ बजेलाई सरेको छ । यसअघि १ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको हो ।

 

बिहीबारको बैठकमा सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आरोपित गरेका न्यायाधीश र कानुन व्यवसायीसँग छलफल गर्ने तयारी गरेको थियो । यद्यपि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरुले सिफारिस समितिमा उपस्थित नहुने बताइसकेका छन् ।

पूर्वप्रधानन्यायाधीशहरु नआउने भएपछि कानुन व्यवसायीसँग ३ बजेपछि छलफल गरिने महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित : 15 September, 2022

प्रतिक्रिया दिनुहोस्