निर्वाचनका लागि म्यादी प्रहरी बन्न आवेदन दिनेको भीड

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेको भीड लागेको छ ।

एकैचरणमा हुन लागेको चुनावका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना खुलाएपछि आवेदन दिनेको भीड लागेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिन पहिलो दिन नै भीड छ । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ६ असोजसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

प्रकाशित : 15 September, 2022

प्रतिक्रिया दिनुहोस्