प्रधानन्यायाधीश जबरासँग पुरक बयान शुरु

सहयात्रा टिभी

काठमाडौं । भदाै ३१, महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक बयान शुरु गरेको छ । समितिको जारी बैठकमा जबरासँग पुरक प्रश्नहरु सोधेर बयान लिन शुरु गरिएको हो ।

यसअघि समितिले जबरासँग ४० भन्दा बढी प्रश्नहरु तयार पारेर सोधपुछ गरेको थियो । त्यसक्रममा जबराले बिभिन्न आरोप लगाएका कानुन व्यवसायीहरुसँग समितिले बिहीबार छलफल गरेको थियो । कानुन व्यवसायीहरुसँगको छलफल बिहीबार नै सकिएको छ ।

जबराको बयानमा जोडिएका कानुन व्यवसायीसँग बिहीबार बयान लिएको समितिले प्रतिवेदन लेखन पनि अगाडि बढाएको छ । महाभियोगमा जोडिएको सम्पत्तिसम्बन्धी विषयमा समितिले न्यायपरिषद्बाट जबराको सम्पत्ति विवरण झिकाएको छ । समिति सचिव लक्ष्मीप्रसाद गौतमकाअनुसार साँझसम्म प्रतिवेदन तयार पारेर शनिबार प्रतिनिधिसभामा पेस गरिनेछ ।

 

प्रकाशित : 16 September, 2022

प्रतिक्रिया दिनुहोस्