झुण्डिएको अवस्थामा सशस्त्र प्रहरीको शव

सहयात्रा टिभी

सिरहा । भदाै ३१, सिरहा सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेको सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटर प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

घटनाबारे पुष्टि गर्दै थापाले नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा लगाइसकेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाको प्रकृति मुचुल्का उठाउने कार्य भइरहेको बताए । उनले विहान ६:२५ बजेको समयमा घटना भएको र घटनाकाे अनुसन्धानमा प्रहरी खटिसकेको बुढाथोकीले जनाए ।

प्रकाशित : 16 September, 2022

प्रतिक्रिया दिनुहोस्