महानगरको निर्देशन अटेर गरे पछि नयाँ बानेश्वरमा डोजर चल्यो

काठमाडौं । भदौ ३१, महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो।
शुक्रबार महानगरपालिकाले नयाा बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। यसअघि १५ दिन अगाडि यो क्षेत्रमा रहेका संरचना हटाउन महानगरले आग्रह गरेको थियो।
काठमाडौं महानगरले पछिल्लो समय अनधिकृत संरचनामा हटाउने अभियानलाई तिब्र पारेको छ। आफूहरूले समय दिएर हटाउन निर्देशन दिँदा पनि संरचना हटाउन नमानेपछि बाध्य भएर हटाउनु परेको महानगरले जनाएको छ।