एक साता पहिल्यै ‘प्रेमगीत ३’ को अग्रिम टिकट बुकिङ

काठमाडौं । असोज १, ‘प्रेमगीत ३’ रिलिज हुने एक साता अगाडी नै नेपाली मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बुकिङ खुला गरेका छन् ।
असोज ७ गते नेपालमा नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शन हुन लागेको फिल्म नेपाल बाहेक अन्य देशहरूमा पनि सोही दिनदेखि प्रर्दशन हुने भएको छ । क्यूएफएक्स बाहेकका हलहरू एफक्यूब, आईएनआई, सिने द सेफ लगायतले अग्रिम टिकट बुकिङ खुला गरेका हुन् । क्यूएफएक्स र बिग मुभिजले केही दिनमै नेपाली भाषाका लागि अग्रिम टिकट बुकिङ खुलाउने भएका छन् ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की र प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । क्रिस्टिनाले यही फिल्मबाट डेब्यू गरेकी हुन् । हिन्दी भाषामा डब भएर भारतमा रिलिज हुने यो पहिलो नेपाली फिल्म हो ।