माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
सहयात्रा टिभी
काठमाडौं । असोज २, समानुपातिक तर्फको उम्मेदवार टुंग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।
पार्टी कार्यलय पेरिसडाँडामा बैठक अहिले केहि बेरपछि बस्ने भएको हो । स्थानीय पार्टी कमिटी हुदै जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामावलीबाट अन्तिम नामावली टुंगाउने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सातवटै प्रदेश कमिटीले नाम सिफारिस गरी पठाएको छ ।