पत्रकार देवेन्द्र गौतमको निधन

सहयात्रा टिभी

काठमाडौं । असोज २, वरिष्ठ पत्रकार देवेन्द्र गौतमकोआज बिहान ७७ वर्षको उमेरमा देहान्त भएको छ । उनि बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए ।

नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई न्युमोनिया देखिएपछि सघन उपचार कक्ष (आइसियू) मा उपचार गरियो र पछि भेन्टिलेटरमा राख्नु परेको थियो ।

सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका का.वा. सभापति ७७ वर्षीय गौतमलाई कोभिड संक्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा उनले सदा प्रजातन्त्रका पक्षमा कलम चलाएका थिए । पञ्चायत कालमा अभिव्क्ति स्वतन्त्रताका पक्षमा उभिँदा उनिबाट सम्पादन र प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो ।

२०४२ को बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उनलाई छ महिना हनुमानढोकामा थुनिएको थियो । त्यहीँको अनुभवमा उनले अनुसन्धानभित्रको अनुसन्धान पुस्तक लेखेका थिए । उनलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको छ । उनका छोरा किरण गौतमका अनुसार उनको अन्त्येष्टि अहिले बिहान पशुपति आर्यघाटमा गरिने छ ।

प्रकाशित : 18 September, 2022

प्रतिक्रिया दिनुहोस्