अपराजित बार्सिलोना शीर्ष स्थानमा उक्लियो, लेवानडोस्कीको २ गोल

सहयात्रा टिभी

काठमाडौं । असोज २, स्पेनिस ला–लिगामा बार्सिलोनाले सहज जित निकालेको छ। नेपाली समयअनुसार शनिबार राति भएको खेलमा बार्सिलोनामाले लिगको पुछारमा रहेको इल्चेमाथि सहज जित निकालेको हो।

खेलको सुरुआती क्रमदेखि नै हाबी देखिएको बार्सिलोनाले ३–० को जित निकाल्यो। बार्सिलोनालाई सहज जित दिलाउने क्रममा रोबर्टो लेवान्डोस्कीले २ र मेम्फिस डिपायले १ गोल गरे।

खेलको १४ औं मिनेटमै इल्चेका कप्तान गोन्जालो भेर्डुले लेवान्डोस्कीमाथि खराब फउल गरेपछि इल्चे १० खेलाडीमा सिमित भएको थियो। त्यसपछि निकै आक्रामक देखिएको बार्सिलोनाले ३४ मिनेटमा पहिलो गोल गरेको थियो। अलेजान्ड्रो बाल्डेको पासमा लेडानडोस्कीले ३४ मिनेटमा गोल गरे। बाल्डेकै पासमा ४१ औं मिनेटमा डिपायले अर्को गोल गर्दै बासिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए।

दोस्रो हाफको ४८ औं मिनेटमै पुनः लेवानडोस्कीले गोल गरेपछि बार्सिलोनाले ३–० गोल अन्तरले इल्चेलाई हरायो। यो सँगै ६ खेल खेल्दासम्म अपराजित रहेको बार्सिलोनामा १६ अंकका साथ पहिलो स्थानमा उक्लेको छ। १ खेल कम खेलेको रियल मड्रिड १५ अंकसहित दोस्रो स्थानमा छ। बार्सिलोनाले आफ्नो पहिलो खेल भाल्कानोसँग बराबरी खेलेको थियो। बाँकी पाँच खेलमा शतप्रतिशत जित निकालेको छ।

प्रकाशित : 18 September, 2022

प्रतिक्रिया दिनुहोस्